बीबीसी
न्यू योर्कको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ।
कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइेका थिए।
अदालतको पछिल्लो फैसलालाई #मीटू भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यहरूले स्वागत गरेका छन्। ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए।
उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए। उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए।
तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरे। उनीहरूले वाइन्स्टिनले कुनै पश्चाताप नगरेको भन्दै खेद समेत प्रकट गरे।