बीबीसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन्। तर अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन्।
उनले भने कि ‘कडा तर आवश्यक’ प्रतिबन्धहरू बेलायतमा लागू हुँदैन। बेलायतमा ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने ११३५ जनामा संक्रमण भेटिएको छ।
‘नयाँ संक्रमण फैलिन नदिन युरोपबाट अमेरिकाको सम्पूर्ण यात्रालाई स्थगित गर्नेछौँ’, ट्रम्पले सम्बोधनमा भनेका छन् । यो घोषणा अंेरिकी समय अनुसार शुक्रबार मध्यरातिबाट लागू हुने छ।