कम्पनी रजिष्टारका नासु र लेखापरीक्षक अख्तियारको नियन्त्रणमा

समाचार
शेयर गर्नु होला

काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरबाट दुईजना कर्मचारीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पन्थी र श्रेष्ठ दुबैजनालाई पाँच हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आएका व्यक्तिहरुबाट काम सहज गरिदिए वापत्उनिहरुले  घुस रुपियाँ बुझ्नुभएको आयोगको दाबी छ ।

दुबैजनाले कार्यालय परिसरमा सेवाग्राहीबाट लीएको घुस रुपियाँ लेनदेन गर्दा आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *