एजेन्सि
कोराना भाइरसबाट अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि संक्रमित भएका छन् । शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अष्ट्रेलियामा कोरोना संक्रमण हुने डटन पहिलो सदस्य हुन् ।