यूरोपमा महामारीको रुपमा फैलँदै गरेको कोरोना भाइरस नियन्त्रणका लागि चीनले इटलीलाई मास्क लगायत मेडिकल सामग्री पठाएको छ ।
चीनले यस्ता सामग्री भरेर पठाएको जहाज इटली पुगिसकेको बताइएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले सिंगो विश्वभर महामारीको रुप लिइसकेको छ ।
यद्यपि चीनले अब संक्रमणको उत्कर्ष रोकिएको जनाएको छ । तर इटली चीनपछि बढी कोरोना प्रभावित देशको रुपमा चिनिएको छ । जहाँ करोडौं मानिसलाई सरकारले आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
बिहीबार चीनले स्वास्थ्य सामग्रीसँगै ९ सदस्यीय स्वास्थ्य टोली समेत पठाएको छ । उनीहरुले चिनियाँ रेडक्रसको सहायतामा ३० टन उपकरण तथा स्वास्थ्य सामग्री इटली लगेका हुन् ।