प्रधानमन्त्री ओली आज सार्क राष्ट्रको कोरोनाविरुद्धको सम्मेलनमा सहभागी हुने

समाचार
शेयर गर्नु होला

काठमाडौँ

 

विश्वव्यापी महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका प्रमुखहरूबीचको छलफल आइतबार हुने भएको छ । सो छलफल भिडियो सम्मेलन हुन लगेको हो ।

सार्क सचिवालयका अनुसार आतबार साँझ ५.०० बजे सिंहदरबारमा सार्क भिडियो कन्फरेन्स गर्न लागिएको हो ।जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायको बारेमा गम्भिर छलफल गर्नेछन ।

भिडियो कन्फरेन्समा उठान हुने मुख्य बिषय कोरोना भाइरस रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र ममिला सल्लाहकार डा.राजन भट्टराईले बताए । उनले भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव अनुसार सबै सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्समा सहभागिता जनाउनेछन् ।

भारतबाट भएको सो प्रस्तावमाथि सार्कको अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो राय भिडियो कन्फरेन्समा व्यक्त गर्नेछन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *