काठमाडौँ
सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९ ) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भैसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइेको बताए । सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी समन्वय सक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुनुभन्दा अघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकारसम्पन्न समिति गठन गरेको छ । उनले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताकासाथ काम अघि बढाइेको सदनलाई जानकारी दिए ।
आजै मात्र सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीसहितको बैठकको आयोजना गरेर केन्द्रदेखि स्थानीयतहसम्म समन्वय गरी एकीकृत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइने जानकारी उनले दिए ।
सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी कूटनीतिकबाहेकका सबै प्रवेशाज्ञा आगामी वैशाख १८ गतेसम्मका लागि स्थगन गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताए ।
अस्पतालको तयारी काठमाडौँमा करीब १७० सघन कक्ष शय्या रहेकाले काठमाडौँ उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ शय्या थप गर्ने सरकारी तयारी छ । सरकारले यसाघि नै विभिन्न सरकारी अस्पतालमा गरी ११५ अैसोलेसन बेड स्थापना गरिसकेको जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले थप जोखिमलाई ध्यानमा राखी औषधिमूलो र औजारसमेत जोहो गर्न लागिसकिएको बताए ।
कोरोनाको सङ्क्रमण नेपालमा भित्रन नदिन उच्च सावधानी अपनाइेको जानकारी दिँदै मन्त्री ढकालले छिमेकी भारतमा समेत यो रोगको सङ्क्रमण देखिएकाले सीमा नाकामा थप सतर्कता अपनाइेको स्पष्ट पारे ।
मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुप होम क्वारेन्टाइनको व्यवस्था गर्न नागरिकलाई आग्रह गरिएको तथा कोरोनाको हल्लाले बजारमा दैनिक उपभोग्य वस्तुमा हुने अभाव र कालोबजारी नियन्त्रणका लागि आवश्यक सजगताका साथ काम गरिएको जानकारी दिए ।
चीनपछि अंेरिका र युरोपमा फैलिएको सो भाइरसबाट भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले विशेष सावधानी अपनाउनुपर्नेमा सरकारले जोड दिएको जानकारी उनले दिए ।
नेपालसँग सीमा जोडिएका भारतका प्रदेशमा समेत कोरोना सङ्क्रमण देखिएकाले सरकारले नेपाल भारत सीमा क्षेत्रलाई थप व्यवस्थित बनाई परीक्षणसमेत शुरु गरेको बताए ।नेपालका दुई छिमेकी देश जोड्ने साना ठूला गरी कूल १२९ नाकामध्ये ४३ नाकामा स्वास्थ्यविन्दु स्थापना गरी परीक्षण शुरु गरिएको छ ।