भगवान शिवका चमत्कारिक तिन शब्द

धर्म दर्शन
शेयर गर्नु होला

चमत्कारिक तिन शब्द

शिव जी लाई औघड़ दानी या भोले भंडारी पनि भनिन्छ। भक्‍तहरुले शिव जि लाइ जुनै तरिकाले पुजा गरे पनि शिव जि प्रसन्न हुनुहुन्छ । शिवलाइ एक लोटा जल, एक बेल पत्र र अक्षतको चंदन दिएर मात्र शिव जि लाई प्रसन्न गर्न सकिन्छ परंतु यद‍ि पूजा पश्चात शिव जि लाई तीन चोटि श्रद्धा पूर्वक बम-बमको उच्चारणको साथ याद गरेमा शंकर जी लाई अपार प्रसन्‍नता हुन्छ।त्यसैले यो सोमवार जब तपाइ शिव जी को पूजा गर्नुहुन्छ बम् बम् भोले भन्न नबिर्सनुहोस्।

शिव पुजाको संकल्प

शिव पुजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ।सकल्प गर्नु अगाडी हाथमा जल, फुल,चामल लिऔ। संकल्पमा जुन दिन को पुजा गरिन्छ त्यस साल,बार, तिथि ठाउ र आफ्नो नम लिएर आफ्नो चिताएको कुराको स्मरण गरौ। त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छोडीदिउ।

यसरि गरौ पूजा

सोमवारमा शिव जी को पूजा गर्दा सर्वप्रथम शिवलिंगमा गंगाजल चडाउनुहोस , यदि गंगाजल छैन भने तांबाको लोटामा ताजा शुद्ध जल भरेर शिवलिंगमा अर्पित गरौ। त्यसपश्चात दूध, मह, र चावल शिव जी लाइ चढाऔ। तत्‍पश्‍चात बेल पत्र, ताजा फल र फूललाई शिवलिंगमा अर्पित गरौ। अब चंदन, रोली र अक्षतले टीका लगाउ र प्रसाद चडाउ। प्रसादमा मिश्री, गुलियो बताशा या गुलियो इलायचीदाना चडाउनु सक्नुहुन्छ। अंतमा भगवान शंकरको आरती गरौ। यो दिन व्रत राखौ र बेलुका दोबारा पूजा आरती गरेर दिनमा एक चोटि मात्र आहार ग्रहण गरौ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *