पोर्चुगलमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना संक्रमण

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना संक्रमण भएको छ। फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले सो घटनाको पुष्टी गरेका छन्।

फारोका मेयरका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपाली सहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम , उमेरको बारेमा केही खुलाईएको छैन। कोरोना संक्रमित ति नेपालीले कति मानिससँग काम गर्दछन्, कहाँ र कति कति मानिसहरुसंग बस्छन् , अनि उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए, त्यसको अनुसन्धान भईरहेको र कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपायहरू अवलम्बन गरिनेछ ।

फारोका मेयरले स्थानीयहरुलाई “घरमै रहन र धेरै मानिसहरू भएको ठाउँमा नजान, क्याफेमा जान र भेला नहुन ” र सरकार र सरकारी अधिकारीहरूको निर्देशनलाई पालना गर्न अपील गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *