मंगलवार हनुमान जी को पूजा
मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामनाएं पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा उन्को मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ। दीपक जलाउदा यो मंत्रको जाप गरौ
१- ऊँ रामदूताय नम:
२- ऊँ पवन पुत्राय नम:
पूजा बिधि मंगलवारको व्रतका लागि बिहान स्नान गरेर ईशान कोण यानि उत्तर-पूर्व दिशामा कुनै स्वच्छ स्थानमा हनुमान जी को मूर्ति स्थापित गरौ। यस मूर्तिको अघि घीउको दीपक जलाउ, चमेलीको तेल लाई चर्किउ र रातो या पहेलो रंगको फूलको माला चढाउ। त्यस पछि हनुमान चालीसाको पाठ गरेर सभैलाई प्रसाद बाटौ र पुरै दिनमा मात्र एक पटक भोजन गरौ। रातमा पनि एक पटक फेरि हनुमान जी को पूजा गरौ या दीपक जलाएर प्रणाम गरौ। यस दिन हुनुमान जि लाई सिंदूरी रंगको कपडा चढाउ र दान गरौ।
हनुमान पुजामा बर्जित कार्य
१- जो व्यक्ति मंगलवारको दिन हनुमान जी को पूजा र उनको व्रत गर्छन् उनिहरुले त्यस दिन नुनको सेवन गर्नु हुदैन ।
२- जुन कुरा दान दिने हो विशेष रूपले मिठाई त्यस दिन आफुले सेवन नगरौ।
३- यस दिन कालो या सेतो वस्त्र धारण गरेर हनुमान जी को पूजा न गरौ। यस्तो गर्दा पूजामा नकरात्मक प्रभाव पर्छ। हनुमान जीलाई रातो रंग प्रिय हुन्छ त्यसैले उनको पूजा रातो, या पहेलो वस्त्रमा नै गरौ ।
४- मासुजन्य या मदिरा इत्यादिको सेवन गरेर न मन्दिर जाउ र न घरमा पूजा गरौ। यस्तो गरेमा हनुमान जी कुपित भएर भयंकर परिणामको दंड दिन सक्नुहुनेछ।
५- यदि मन अशांत छ र क्रोधमा पनि छ भने पनि हनुमान जी को पूजा नगरौ।
६- हनुमान जी को पूजामा चरणामृत को प्रयोग गर्नु हुदैन ।
७- खंडित अथवा टुटेको मूर्ति को पूजा पनि गर्नु हुदैन ।