बेलायत
बेलायतमा अहिले कोरोना भाईरस को संक्रमण तिब्र रुपमा बढीरहेको अवस्ता रहेछ र उक्त संक्रमणलाई लडनका संग लागी सरकार र बेलायत को स्वास्थ संस्था NHS ले हिजो मात्र नया निती हरु को निर्धारण गरेकोछ। सरकार को अभिब्यक्ती पछी बेलायत का बुद्दीजिबि र बिषेशज्ञ हरुले चेतावनी दिदै कोरोना भाईरसको संक्रमण बाट लगभग २५०००० जनताहरुको मृत्यु हुन सक्ने कुरा को जिकिर गरेकाछन।
हाल बेलायतमा सरकार द्वारा चलाईेको कोरोना भाईरस बिरुद्ध को लडाई को निती लाई देशभरी आलोचना गरिएकोछ। बिषेशज्ञ हरु भन्दछन कि अहिले को निती ले गर्दा बेलायतमा धेरै मानिषहरुको मृत्यु हुन सक्ने र लगभग ८०% जनतामा भाईरसको संक्रमण लाग्ने चेतावनी समेत दिएका छन।
हिजो बसेको ईमिर्जेन्सी कोब्रा मिटिङ मा सरकार द्वारा केही नया नियम र योजना हरु बनाईेकोछ। उक्त नया योजना हरुमा ७० बर्ष भन्दा अधिक उमेर का ब्यक्ती हरुलाई सकभर १२ हफ्ता घर बाट बाहिर ननिस्किन सुझाब दियिएकोछ। त्यसका साथै यदी एेउटा घरको कुनै सदस्यमा कोरोना भाइरस को लक्ष्ण देखिएमा पुरै घरका सदस्य हरुलाई १४ दिनका लागी सेल्फ अाईसोलेसन मा रहन सुझाब दिएकोछ।