कोरोनाभाइरसबाट भारतमा तेस्रो व्यक्तिको मृत्यु, महामारी रोकथाम गर्न देशभरि विभिन्न प्रतिबन्ध

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बिबीसी

भारतमा कोरोभाइरस सङ्क्रमणबाट थप एक व्यक्तिको मृत्यु भएपछि मृतकको कुल सङ्ख्या तीन पुगेको अधिकारीहरूले बताएका छन्।

महाराष्ट्र सरकारका अनुसार मुम्बैइस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मङ्गलवार मृत्यु भएको हो। उनी दुबैइबाट भारत फर्किएका थिए।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।

त्यसबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ। भारतमा अहिलेसम्म केही विदेशीसहित १२६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ। अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको हो। तर सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।

के-के बन्द?

कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन्। भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको त्यहाँको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ।

महामारी फैलिन नदिन भारत सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ। संस्कृतिमन्त्री प्रह्लाद पटेलका अनुसार ती स्थान मार्च ३१ सम्म बन्द रहनेछन्।

त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लीने उनले बताए। भारतले कोभिड-१९ नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ:

  • भारत आउन चाहने विदेशी नागरिकलाई दीएको अधिकांश प्रवेशाज्ञा एक महिनाका लागि स्थगित
  • भारत आउन पाउने मानिसले पनि अनिवार्य १४ दिन क्वारन्टीनमा बस्नुपर्ने
  • सबै विद्यालय, कलेज र चलचित्र घर मार्च ३१ सम्म बन्द
  • झन्डै ६० जना विदेशी खेलाडी पनि सहभागी हुने अैइपीएल क्रिकेटको मिति मार्च २९ बाट सारेर एप्रिल १५

भारतको स्वास्थ्य मन्त्रालयले भारतले स्वास्थ्यसम्बन्धी रोगको प्रकोप रोकथाम गर्ने तयारी गरिसकेको दाबी गर्दै शङ्कास्पद सङ्क्रमणको परीक्षण गर्न ढिलो भएको भन्ने आरोपको खण्डन गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *