कोरोना संक्रमणले स्पैनिस फुटबल प्रशिक्षकको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी 

स्पैनको मड्रिडमा एकजना २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । स्पैनिश लिग दोस्रो डिभिजनको टोली एटलेटिको पोर्टाडा अल्टाका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको जनाइेको छ ।

अन्तर्‍ाष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ल्युकेमियाबाट पीडित गार्सियालाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गराइेको थियो । आइतबार उहाँमा कोभिड–१९ को पुष्टि भएको थियो । लगत्तै मलागास्थित क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको जनाउँदै घरेलु क्लबले उहाँको निधनमा शोक व्यक्त गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै ल्युकेमियाका बिरामी भएको कारणले कोभिड–१९ बाट गार्सियाको मृत्यु भएको जनाएको छ । उक्त क्षेत्रमा सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणले मृत्यु हुने पाँचौं व्यक्ति हो ।

स्पैनमा कोरोना भाइरसको संक्रमणले ३०० जनाको मृत्यु भएको छ । नौ हजार संक्रमितको पुष्टि भैसकेको छ । विश्वमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ७० हजार पुगेको छ । सात हजार संक्रमितको मृत्यु भैसकेको जनाइेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *