शिक्षा मन्त्रालयको आग्रह – बिदामा बालवालिकालाई घरबाहिर जाना नदिनुस

समाचार
शेयर गर्नु होला

काठमाडौं

सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो ।

परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालिवालिकाहरु घरमै रहने सरकारले विश्वास लिएको छ ।

कोरोना संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान, विद्यालयमा साँस्कृतिक कार्यक्रम लगायत विभिन्न नाममा भीडभाड् नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत्र ६ गतेदेखि १७ गते सम्म चल्ने छ । उक्त परीक्षामा देशभरका १९९५ परीक्षा केन्द्रमा सञ्चालन हुने पनि जानकारी दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *