बेलायतमा एकै दिनमा कोरोना भाईरस संक्रमितको सन्ख्या ४०७ ले बढयो, संक्रमित १९५० , मृत्‍यु हुनेको सन्ख्या ७१

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

बेलायत

बेलायतमा बिगत २४ घन्टा को अबधीमा कोरोना भाईरस संक्रमितको सन्ख्या ४०७ ले बढेकोछ, जसका साथै उक्त भाईरसबाट संक्रमित हुनेको सन्ख्या १९५० पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्‍यु हुनेको सन्ख्या ७१ पुगेको छ।

जानकारी का अनुशार हिजो मङलबार बिहन ९ बजे सम्म ५०,४४२ जना मानिषहरुमा कोरोना भाईरसको टेस्ट गरिएको थियो जस मध्ये ४८,४९२ जना मा नेगेटिभ देखिएको थियो। गएको केही दिनको दौरानमा बेलायत मा कोरोना भाईरसको को संक्रमण तिब्र रुपमा बढेको देखिदैछ र बिषेशज्ञ हरुले भने अनुशार बेलायत मा कोरोना भाईरस को संक्रमण लगभग ८०% जन्ता हरुमा फैलिन सक्ने सम्भावना रहेकोछ। सोही सन्धर्भमा बेलायतका का चिफ साईन्टिफिक अफिसर सर प्याट्रिक भेलेन्स का अनुशार बेलायत मा लगभग ५५००० मानिषहरुमा कोरोना भाईरस संक्रमित भयीसकेको छ र उक्त सन्ख्या केही दिनमा अझै बढ्ने कुरा को जिकिर पनी गरे।

हिजो बसेको कोब्रा मोटिङ पछी सरकार द्वारा केही नया नियम र सुझाब हरु सार्बजनिक भएकोछ। सरकार द्वारा ७० बर्ष भन्दा बढि उमेरका मानिष हरुलाई सेल्फ अाईसोलेसनमा जान सुझाब गरिएकोछ भने जन्ता हरुलाई सकभर पब, रेस्टुरा, होटेल हरुमा नजान समेत सल्लाह दिएकोछ। साथै जानकारी अनुशार बर्तमान समयमा कोरोना भाईरसको बढदो संक्रमण लाई ध्यानमा राखी नया अापतकालिन बिल पारित हुन गयीरहेकोछ जस अनुशार यदी कसैले सरकार द्वारा कोरोना भाईरस सम्बन्धी नियम को उल्लङ्हन गरेमा प्रहरी द्वारा उनी हरुलाई पक्राउ गरी अाईसोलेसन मा राख्न सकिनेछ।

बर्तमान समयमा बिश्व भरी कोरिना भाईरसको संक्रमण ले गर्दा ब्यापार हरुमा अशर परेको सार्बजनिक भएसङै हिजो मात्र बेलायत का अर्थमन्त्री रिशि शुनक ले सरकार द्वारा बेलायत का ब्यापार हरुलाई सहयोगका लागी ३३० बिलियन पाउन्ड सहयोग का लागी छुट्याईेको कुराको जानकारी गराए साथै जन्ता हरुलाई घर को मोर्टगेज तिर्नमा केही समयको राहत उपलब्ध गराउने आशवासन दिएकाथिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *