सानो भ-याङबाट १० लाख थान मास्क बरामद

समाचार
शेयर गर्नु होला

काठमाडौ

महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको सानो भ¥याङबाट फेरि १० लाख थान सर्जिकल मास्क बरामद गरेको छ ।

विश्वमै कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी भैरहेको गुनासोसँगै आक्रमक रुपमा उत्रिएको प्रहरीले सानो भ¥याङबाट १० लाख मास्क बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको एसएसपी थापाले जानकारी दिए । गोरखा स्थायी घर भएर सानो भ¥याङमा दीप ओभरसिजका संचालक युवराज न्यौपानेलाई पक्राउ गरेको थापाले बताए ।

यसाघि प्रहरीले शनिबार,आइतबार र सोमबार ११ लाख थान मास्क बरामद गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *