कोरोना संक्रमणको आशंका गरिएका विरामीद्वारा आत्महत्या

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं 

भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आत्महत्या गर्नेको परिचय खुलाइेको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि अस्पष्ट छ । यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ ।

३५ वर्षका मृतक हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । जानकारीका अनुसार उनी विगत १ वर्षदेखि सिड्नीमा बस्दै आएका थिए । नोडल अधिकारीका अनुसार उनलाई गएराती दिल्लीको इन्दिरा गान्धी अन्तर्‍ाष्ट्रिय विमानथलबाट संदिग्ध बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *