साउदी सरकारले बनायो कडा कानुन – कोराना बारे गलत पोष्ट गरे पाँच वर्ष कैद हुने

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं

साउदी सरकारले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण समाचार फैलाउने व्यक्तिलाई पाँच वर्ष कैद र ३० (तीस) लाख साउदी रियाल जरिवाना हुनसक्ने बताइेको छ ।

साउदीस्थित नेपाली राजदूतावासले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण समाचार फैलाएको आरोपमा साउदी अनुसान्धान ब्यूरोले एक विदेशी नागरिकलाई पक्राउ गरी कानूनी कार्यवाहीको प्रक्रिया अघि बढाए पछि त्यहाँ रहेका नेपालीलाई दूतावासले सचेत बनाएको छ ।

दूतावासले बिहीवार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण र फैलावट सम्बन्धमा साउदी सरकारका तथ्याङ्क र सूचना भन्दा बाहिर गएर अनावश्यक नबोल्नुहुन र तथ्यहीन विषय सोसल मिडियामा पोष्ट नगर्न अनुरोध गरेको छ ।

अत्यन्त संवदेनशील बन्दैगएको यो रोगको संक्रमण सम्बन्धमा कुनै अफवा फैलाउने सद्भाव खलबल्याउने प्रकारका कुनैपनि कार्य नगर्नुहुन दूतावासले साउदीमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।

कुनै गलत गतिविध भेटाएमा यहाँको कानुन अनुसार अत्यन्त कडा सजाय हुनेहँुदा सजग हुन आग्रह साउदी अरबमा रहेका नेपालीलाई राजदूतावास रियादको अनुरोध गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *