शुक्रवारमा माता लक्ष्मीको पुजा बिधि
प्रत्येक शुक्रवार सूर्योदय भन्दा पहिले स्नान गरेर माता लक्ष्मीको पूजा गरौ। पूजामा सर्बप्रथम माता लक्ष्मीको प्रतिमा स्थापित गरौ या माताको प्रतिमालाई गंगाजलले साफ गरेर स्थापित गरौ। त्यसपश्चात लक्ष्मीलाई सेतो कमलको फूल र सेतो मिठाई अर्पित गरौ यस्तो गर्दा धनको प्राप्ति हुन्छ। साथै बेलुका पीपलको रुखमा पंचमुखी दीपक जलाउन नभुलौ यस्तो गर्दा देवी लक्ष्मीको कृपा बनि रहन्छ। बिहान पूजा गर्दा लक्ष्मी यंत्रको पूजा पनि अवश्य गरौ। मान्यता छ कि माता लक्ष्मीको आरती गर्ने समयमा यदि संभव छ भने चांदीको सिक्कालाई आरतीको थालीमा राखौ ।यस्तो गर्दा धनको कहिले समस्या हुदैन र धन सदा भैइरहन्छ।
मातालाई प्रशन्न गर्न बिषेश उपाय
तंत्र शास्त्रको अनुसार केहि साधारण तर सटीक उपाय गरेमा लक्ष्मी आफ्नो भक्त माथि चाडै प्रसन्न हुन्छिन र यदि जन्म कुंडली मा शुक्र आफ्नो दशा मा अशुभ दिरहेको छ। ज्योतिषोंको अनुसार शुक्रवारको दिन दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुको अभिषेक गरु। यस उपायले माता लक्ष्मी चाडै प्रसन्न हुन्छिन। यि मंत्रहरुको गरौ उच्चारण लक्ष्मीको पूजाले सुख-समृद्धि को प्राप्ति हुन्छ। वैभव र यश लाभ हुन्छ। माता लक्ष्मीको पूजामा यि मंत्रहरुको १०८ पटक जाप गरौ।मंत्रको जाप पश्चात मात लक्ष्मीको आरती गरौ र व्रत राखौ। श्री महालक्ष्म्यै नमः। ऊँ महालक्ष्म्यै नमः। श्री महालक्ष्म्यै नमः। ऊँ महालक्ष्म्यै नमः।
देवीको १८ पुत्रहरुको महत्व
यस दिन देवीलाइ प्रसन्न गरेर आर्शिवाद प्राप्त गर्नाका लागि सर्वोत्तम उपाय यो हो कि यस दिन माता लक्ष्मीका १८ पुत्राहरुको नामको जाप गर्नु। शास्त्र अनुसार भगवती लक्ष्मीका १८ पुत्रहरु छन्। शुक्रवारको दिन यिनिहरुको नामको आरंभमा ॐ र अंतमा ‘नम:’ लगायर जप गरेमा मनले चाहे जति धनको प्राप्ति हुन्छ ।
यि नाम भएका मंत्रहरु यस प्रकार छन
१- ॐ देवसखाय नम: २- ॐ चिक्लीताय नम: ३- ॐ आनंदाय नम: ४- ॐ कर्दमाय नम: ५- ॐ श्रीप्रदाय नम: ६ – ॐ जातवेदाय नम: ७- ॐ अनुरागाय नम: ८- ॐ संवादाय नम: ९- ॐ विजयाय नम: १०- ॐ वल्लभाय नम: ११- ॐ मदाय नम: १२- ॐ हर्षाय नम: १३- ॐ बलाय नम: १४- ॐ तेजसे नम: १५- ॐ दमकाय नम: १६- ॐ सलिलाय नम: १७- ॐ गुग्गुलाय नम: १८- ॐ कुरूंटकाय नम: