कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै भारतमा अच्चमको कर्फ्यू, जनता-कर्फ्यू

अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी

बिश्व भरी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै भारतका प्रधानमंत्री नरेंद्र मोदीले बिहिबार राती ८ बजे राष्ट्रको नाममा संबोधित गरेका थिए जसमा उनले अनौठो निर्णय लिएका छन।

पीएम मोदीले २२ मार्च आईतबार बिहान सात बजे देखी राती ९ बजे सम्म जनता कर्फ्यू लगाउने र उक्त को पालन गर्न जनताहरु संग अपील गरेका छन र साथै ६०-६५ भन्दा बढी उमेरका मानिष हरुलाई घर बाट ननिस्किन पनी अपील गरेका छन।

पीएम मोदीले भने, ‘म आज प्रत्येक देशवासी संग एउटा अर्को समर्थन मागीरहेको छु। उक्त समर्थनहो जनता-कर्फ्यू। जनता कर्फ्यू यानी जनताका लागी, जनता द्वारा आफै लगाएको कर्फ्यू हुनेछ। आउने आईतबार यानी २२ मार्च बिहान ७ बजे देखी राती ९ बजे सम्म सबै देशवासिहरुले जनता-कर्फ्यू को पालन गर्नुपर्नेछ।

२२ मार्च मा हुने उक्त प्रयास हाम्रो आत्मसंयम र देशहित का लागी कर्तव्य पालन को संकल्प को एउटा प्रतीक हुनेछ। २२ मार्च मा हुने जनता-कर्फ्यूको सफलता र यसको अनुभव ले हामीलाई भबिषयमा आउने सबै चुनौतिहरुका लागी पनी तैयारी गर्नेछ।’

पीएम मोदीले जनताहरु संग भने, ‘यो कोरोना जस्तो खतरनाक महामारी संग लडनका भारतलागी कती तयार छ अब यो थाहा पाउने समय आएको छ।”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *