कतार सरकारको “होम क्वारेन्टाइन” अर्डर नमान्दा ४०० नेपालीहरुलाई नेपाल डिपोर्ट

समाचार
शेयर गर्नु होला

काठमाडौँ।

कोरोना महामारीको अवस्थामा कतार सरकारको “होम क्वारेन्टाइन” “Stay Home” अर्डर नमान्दा ४०० नेपालीहरुलाई नेपाल डिपोर्ट गरिएको छ भने सयौ नेपालीहरु छानबिनको क्रममा जेलमा रहेका बुझिएको छ।

कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो  । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरिसकेको थियो।

ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *