बेलायत
बेलायत मा हाल कोरोना भाईरस को कहर तिब्र रुपमा बढदै गर्दा सरकार द्वारा मानिषहरुको जमघटलाई कम गर्ने उद्देशय ले सरकार द्वारा हिजो नया नियम पारित भएकोछ जस्मा हिजो बेलुका देखी बेलायत का सम्पुर्ण रेष्टुरेन्ट, क्याफे, बार र पब हरुलाई बन्द गर्न र सन्चाल नगर्न आदेश दिएकोछ। उक्त नियम बाट ब्यापारी हरु लाई धेरै मार्का पर्ने गुनासो रहे सङै बेलायत सरकार ले उक्त बन्द बाट बेरोजगार हुने सबै कर्मचारी हरु को ८०% तलब बेहोर्ने कुरा को आशवासन दिएकोछ।
हाल बेलायतमा कोरोना भाईरस एक्दमै तिब्र रुपमा बढी रहेको अवस्था छ। हिजो देखी नै बेलायत का सम्पुर्ण बिध्यालय, कलेज र बिश्वबिध्यालय हरु अनिस्चित समयका लागी बन्द गरिएकाछन।
बेलायतमा बिगत २४ घन्टा को अबधीमा कोरोना भाईरस संक्रमितको सन्ख्या ७१४ ले बढेकोछ, जसका साथै उक्त भाईरसबाट संक्रमित हुनेको सन्ख्या ३९८३ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्यु हुनेको सन्ख्या १८४ पुगेको छ।