एजेन्सि
विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणले एकै दिन १३ सयभन्दा बढीकाे ज्यान गएको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार १ हजार ३४५ को मृत्यु भएको छ ।
सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले इटालीको अवस्था विश्वकै सबैभन्दा भयावह देखिएको छ । इटालीमा अहिले काेराेना संक्रमणबाट मर्नेकाे संख्या ४ हजार ३२ पुगेको छ भने काेराेनाकाे उद्गम स्थल चीनमा ३ हजार २४८ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा इटालीपछि स्पेनमा सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार स्पेनमा २६२ जनाको मृत्यु भएको छ भने ३ हजार ४३३ जनामा नयाँ संक्रमण देखिएको छ । योसहित स्पेनमा काेराेना कारण मर्नेहरुको संख्या १ हजार ९३ पुगेको छ ।
त्यस्तै शुक्रबार इरानमा १४९, जमर्नीमा २४, अंेरिकामा ४९, फ्रन्समा ७८, दक्षिण कोरियामा ३, स्वीजरल्याण्डमा १३, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियमा १६, स्वीडेनमा ५, डेनमार्कमा ३, इक्वेडरमा ४, इन्डोनेसियामा ७, पेरुमा ३, इराकमा ४, हंगेरीमा ३, टर्कीमा ५, ग्रिकमा ४ र ब्राजिलमा ४ जनाको मृत्यु भएको छ ।
पाेर्चुगल, युएी, अल्जेरियामा २२ जनाको मृत्यु भएको छ भने इजरायल, पाकिस्तान, लक्जेमबर्ग, इजिप्ट, भारत, फिलिपिन्स, तैबान, सर्विया, कोस्टारिका, माेरक्को, गावोनमा ११ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ देशमा फैलिएको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार काेराेना भाइरसकाे कारण अहिलेसम्म विश्वभर कुल ११ हजार ३७६ जनाको मृत्यु भैसकेको छ भने २ लाख ७५ हजार संक्रमित भएका छन् । ९० हजार ९४३ जना भने निकाे भएर घर फर्किएका छन् ।