गायिकाको असावधानीले भारतका दर्जनौं सांसद ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सी 

भारतमा एकजना गायिकामा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि सांसददेखि पूर्वमुख्यमन्त्री ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपरेको छ । गायिका कनिका कपूरमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बेलायतबाट अघिल्लो साता भारत फर्किनुभएकि कनिका मङ्गलबार भारतको लखनऊमा एक सामाजिक समारोहमा सहभागी भएकी थीइन । जहाँ उनि भारतको राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्ध्या र सांसद दुष्यन्त सिंहसँगै देखीइन ।

अब कनिका कपूरमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि पूर्वमुख्यमन्त्री सिन्ध्या र सांसद सिंह दुबैजना ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् । ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुअघि सांसद दुष्यन्त सिंह सदनको बैठकमा सक्रिय सहभागी हुनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गर्नुभएको दिवाभोज कार्यक्रममा सहभागी भएका थिए।

भारतीय जनता पार्टीका सांसद सिंहसँग समय बिताएका केही अन्य सांसद पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य भएको द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।

भारतको उत्तरप्रदेश राज्यका स्वास्थ्य मन्त्री जयप्रताप सिंह पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छन । उनि पनि कनिका कपूर सहभागी सामाजिक समारोहमा सहभागी भएका थिए । त्यसैगरी, सिंह र कपूरको सम्पर्कमा आएका सांसद पंकज सिंह, लोक सभा सांसद अनुप्रिया पटेल पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छ्न ।

कनिका कपूर लण्डनबाट मार्च ९ मा मुम्बैइ अवतरण गरेकी थीइन । दुई दिनपछि उनि एयर इन्डियाको विमानबाट लखनऊ पुगीन । मुम्बैइ विमानस्थलमा स्क्रिनिङ्गपछि मात्रै आफूलाई बाहिरिन दिएको गायिका कनिका कपूरले दाबी गरेकी छिन । स्वस्थ्य अवस्थामा लण्डनबाट फर्केको आफूलाई एक सातापछि मार्च १६ मा मात्रै संक्रमणको लक्षण देखापरेको कपूरको दाबी छ ।

१८ मार्चमा आफ्नो नमूना उपलब्ध गराउनुभएकि कपूरमा शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । कपूरको सम्पर्कमा आएका करिब ६८ परिवारमा परीक्षण गरिएको लखनऊका प्रमुख स्वास्थ्य अधिकारी नरेन्द्र अग्रवालले जानकारी दिएका छन ।

कनिका कपूरलाई भने संजय गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्युटमा ‘आइसोलेशन’मा राखिएको अग्रवालले बताए । भारतको उत्तरप्रदेश राज्य सरकारले कनिकामाथि मुद्दा चलाउने तयारी गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *