लण्डन, बेलायत
बेलायतमा कोरोना भाईरस संक्रमितको सन्ख्या तिब्र रुपमा बढी रहेकोछ सरकार द्वारा पुष्टी गरे अनुशार उक्त सन्ख्या ४००० पुगेकोछ।
बेलायतका बिभिन्न ठाउहरुमा नेपाली समुदाय हरुको बसोबास रहेकोछ र हाल सम्म नेपाली समुदायमा कोरोना भाईरस संक्रमण भएको सुनिएकोछैन तर बेलायत र युरोप बाट प्रकाशित हुने अनलाईन खबर हरुका अनुशार लण्डन निबासी एकजना नेपाली कोरोना भाईरस संक्रमित भयी मृत्यु भएको समाचार ले सबै लाई स्तप्द बनाएकोछ।
प्राप्त जानकारी अनुशार कोरोना भाईरस बाट संक्रमित भयी मृत्यु हुनेमा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राई हुनुहुन्छ। वहाको लण्डन स्थित नर्थवीक पार्क अस्पतालमा उपचार भयीरहेको थियो।