आइतबार सुर्य भगवानको दिन
आईतवार भगवान सूर्यको दिन हो। यस दिन भगवान भुवन भास्करको आराधना गर्दछन। आइतवारको दिन सूर्य व्रत राख्ने वाले व्यक्ति पुरै दिन घिउ, तेल र नुनको सेवन गर्दैनन। यस दिन रातो रंगको वस्त्र धारण गर्दा सूर्य देव प्रसन्न हुन्छन। पूजामा लाल चंदनको टीका लगायर सूर्य देवलाई रातो फूल चडाउदा अत्यंत लाभ हुन्छ।
सूर्य देवलाइ जल अर्पित गर्ने विधि
सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाइ हामि प्रत्यक्ष देखन सक्छौ । त्यसैले सूर्य देवको आराधना घरमा पूजा स्थलमा गर्नु भन्दा घर बहिर खुला ठाउमा सूर्य देवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ। सूर्यदेव आराधनामा सूर्यदेवलाइ जल अर्पित गर्नु सब भन्दा महत्व रहन्छ। यसलाइ हामि सूर्य लाइ अर्ध्य दिनु भन्छौ।
सूर्यदेवलाइ अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर उभियौ | एक तामाको पात्रमा जल भरेर अलिकता चावल ,अलिकता चीनी , पुष्प राखौ र कुमकुम जलमा छर्कौ। अब सूर्य देवको अगाडि उभिएर ताम्बाको पात्र द्वारा दुइटै हाथले जल जमीनमा छोडौ |
ध्यान् दिऔ, ताम्बा पात्रलाइ आफ्नो छातिको सामुने र सूर्य देवलाइ जल अर्पित गर्दै पात्रलाइ कन्धा बाट माथि लग्ने प्रयास गरौ। पात्र बाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्बलाइ हेर्ने प्रयास गरौ। सूर्य देवलाई अर्ध्य दिने समय निरंतर सूर्यदेवको यो मंत्रको जप गर्दै रहौ : “ ॐ सूर्याय नमः ” | सूर्य देवलाइ अर्ध्य दिए पश्चात् तल झुकेर जललाइ स्पर्श गरौ र अंतमा सीधा उभिएर हात जोड़कर सूर्यदेव लाई प्रणाम गरौ ।