कोरोना भाइरस : सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपील

समाचार
शेयर गर्नु होला

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्।

उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेको अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। अैतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *