जमुनाह नाका एक साताका लागि पूर्ण रुपमा शिल

समाचार
शेयर गर्नु होला

 नेपालगञ्ज

कोरोना भाइरसका बिरामीहरु भारतमा बढ्दै गएपछि सो भाइरस नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै यहाँस्थित नेपाल–भारत नाका एक साताका लागि अैतवारदेखि पूर्ण रुपमा बन्द गरिएको छ ।

भारतबाट भाइरस भित्रिने त्रासले गर्दा सीमाना बन्द गर्नु पर्ने जनदवाव बढ्दै गएको बेला आइतबार नेपाल र भारतका सुरक्षा निकायका प्रमुखहरुको सीमानामा भएको छलफलबाट जमुनाह नाकालाई एक साताका लागि पूर्ण रुपमा शिल गर्ने सहमती भएको हो ।

भारतले एकदिनका लागि लगाएको जनता कफ्र्यूको निरिक्षण गर्न विहान सीमानामा पुग्नु भएका भारत बहराईचका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुले गरेको छलफलमा सीमाना बन्द गर्ने सहमति बनेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँकेका प्रहरी प्रमुख बीर बहादुर ओली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु कुमार तथा बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलबाट सीमा नाका बन्द गर्ने सहमती भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *