कोरोना भाइरस संक्रमणको आशंका गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण देखिएन

समाचार
शेयर गर्नु होला

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको ल्याब टेष्टको अन्तिम रिपोर्टमार्फत पुष्टि भएको छ ।

यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ ।

यसैबीच पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि वीरगञ्जका व्यापारी शिवकुमार रुगंटामा कोरोना संक्रमणको पुष्टि हुन नसकेको बताउनुभएको थियो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको अन्तिम नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

यसअघि कोरोना भाइरस संक्रमण सम्बन्धी विश्वको तथ्यांक मापक वोर्ल्डोमिटरले वीरगञ्जका रुगंटाको पहिलो रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमणको संख्या दुई देखाएपछि अधिकांस मिडियाहरुले त्यसैलाई आधार बनाएर थिए। रुगंटाको अन्तिम ल्याब रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि वोर्ल्डोमिटरले तथ्यांक सच्याएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *