कञ्चनपुर जिल्लाभर आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि घरबाहिर निस्किन प्रतिबन्ध

समाचार
शेयर गर्नु होला

महेन्द्रनगर, कञ्चनपुर

कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

प्रमुख जिल्ला अधिकारी ले भन्नुभयो, ‘आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको छ, ‘शब्दमा कफ्र्युभन्दा त्रास हुन्छ, कफ्र्यु भनेका छैनौँ तर कफ्र्यु जस्तै हो ।’

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारीसहितका सरोकारवालाहरुको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

प्रशासनको सूचनाको उल्लङ्घन गरेर घरबाहिर कोही आयो भने सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्नसक्नेछन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *