काठमाडौँ
कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ ।
सरकारले सेल्फहोम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोना रोकथाममा सहयोग गर्नसमेत सार्वजनिक अपिल गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसाघि विभिन्न मितिमा गरेको निर्णयको पालना गर्नसमेत गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
“रोगको प्रकोपबाट बच्न नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उक्त निर्णयको सम्बन्धित पक्षबाट कार्यान्वयन भैरहेको छ, विश्व स्वास्थ्य सङ्गठनको भनाइ, छिमेकी मुलुकमा भएको सङ्क्रमण र खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा रहेकाले भित्रिन नदिन थप सतर्कता अपनाउनुका साथै सरकारी निर्णयको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ”, गृहमन्त्रालयलले भनेको छ ।
सो मन्त्रालयले आइतबार साँझ एक विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहो¥याएको छ ।
सवारीलाई ‘डिस इन्फेक्सन’ पार्नुपर्ने
सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र भीडभाड नगरी यात्रा गर्न पनि सरकारले यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यात्रुबाहक सार्वजनिक सवारीधनीले सवारीलाई ‘डिस इन्फेक्सन’ गराउन अनुरोध गरेको छ । उपभोग्य सामग्रीको कृतिम अभाव सिर्जना गर्ने, जम्माखोजी, कालोबजारी गर्ने एवं मिसावट गर्ने गराउनेलाई कानूनानुसार कारवाही गरिने चेतावनी दीएको छ । दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेकाले आफूलाई आवश्यक पर्ने परिमाण मात्रै खरिद गर्न भनिएको छ । जारी विज्ञप्तिमा तालीम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन चैत मसान्तसम्म बन्द गर्न पनि भनिएको छ ।
ज्वरो मापन गर्ने उपकरणको व्यवस्था गरी व्यक्तिको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन सरकारले होटल, मोटेल, रिसोर्ट, लज, रेष्टुराँ, बार, सपिङमलका सञ्चालकलाई आग्रह गरेको छ । सरकारले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्यरुपमा स्वास्थ्य जाँचको व्यवस्था र सुरक्षामा कडाइ गरेको छ । नाकामा अत्यावश्यक काम बाहेक नजानसमेत भनेको छ ।
सरकारले देशैभरिका अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिए पनि संस्था खुला रहेकाले कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त सरकारको निर्णय कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दीएको जनाइेको छ ।
यसअघि चैत ६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले गरेका निर्णय कार्यान्वयनको चरणमा गएको जानकारी दिँदै मन्त्रालयले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने गरी सामाजिक सञ्जालमा भ्रामक र आधारहीन समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । त्यस्ता गतिविधि गरेमा कडा कारवाही गर्न चेतावनीसमेत दीएको छ ।
सार्वजनिक यातायात सहज बनाउन, भीडभाड हुन नदिन, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन ट्राफिक प्रहरीबाट आवश्यक काम भैरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत अपनाउनुपर्ने आवश्यक सावधानी र सचेतनाका कार्यक्रम भैरहेको जानकारी दिँदै गृहमन्त्रालयले औषधि, मास्क, स्यानेटाइजरलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र विदेश निर्यात हुन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासन निर्देशन दीसकेको जनाएको छ । सोही सिलसिलामा सरकारले निकासी हुन लागेको २० हजार थान मास्क स्वदेशमै उपयोग हुने व्यवस्था मिलाएको छ ।
कालोबजारी गर्न लुकाइेका २० लाख थान मास्क नियन्त्रणमा लीइ उपयोगको व्यवस्था मिलाइेको र दोषीलाई कारवाहीको दायरामा ल्याइेको जनाइेको छ । सवारी नचलाई गाडीको अभाव सिर्जना गर्ने, बढी भाडा असुल गर्ने, टिकट नदिने, यात्रुलाई अलपत्र पार्नेजस्ता कार्य गर्नेलाई समेत पक्राउ गरी कारवाही थालिएको छ ।
विदेशबाट नेपाल अौने शङ्कास्पद नागरिकलाई सुरक्षित तवरले निगरानी कक्ष(क्वारेन्टाइन)मा राख्ने व्यवस्था मिलाइेको र अन्य क्वारेन्टाइन बनाउने कार्य जारी रहेको सरकारले जनाएको छ । स्वयं÷होम क्वारेन्टाइन गर्न भनिए पनि प्रभावकारी नभएकाले सीमानाकाबाट नेपाल प्रवेश गर्ने नागरिक कुन जिल्लाको कुन स्थानीय तहको हो भनेर अभिलेख राखी तत्कालै सम्बन्धित स्थानीय तहलाई जानकारी दिन थालिएको गृहमन्त्रालयले जनाएको छ । त्यसैल तोकिएको स्थानको क्वारेन्टाइनमा बसेर सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
‘प्यासेन्ट रिसिभिङ टिम’ गठन
गृहमन्त्रालयले प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार गरी अस्पताल पु¥याउन गृहमन्त्री थापाको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी कामको शुरुआत गरिएको छ । कोरोना भाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अपरेशन सेन्टर’ समेत स्थापना गरिएको जनाइेको छ । उक्त कार्यमा सहयोग गर्न र शङ्कास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत सरकारले सबैमा आग्रह गरेको छ । रासस