काठमाडौंमा भेटिए कोरोना संक्रमित बिरामी

समाचार
शेयर गर्नु होला

काठमाडौं 

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोना कसलाई लागेको हो उहाँको नाम सार्वजनिक गरिएको छैन । उनिसंग राखिएको व्यक्तिलाई क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलन मन्त्री ढकालले जानकारी दिए । उनको परिक्षणपछि आइतबार गरिएको रिर्पोटमा पोजेटिभ देखिएको हो ।

संक्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेका थिए, उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएका थिए । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *