काठमाडौं
चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो ।
कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गैसकेको छ ।
कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गैसकेको छ ।
इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ। यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ ।