ब्रिटेनमा पनि ‘लकडाउन’, नियम नमान्नेलाई जरिबाना

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बिबीसी

कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन्।

नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइेको छ। प्रधानमन्त्री जोन्सनले यूकेमा भाइरसको सङ्क्रमण रोक्ने प्रयासमा नयाँ नियन्त्रणका उपाय अघि सारेका छन्। तत्काल लागु हुनेगरी अब त्यहाँ मानिसहरूले आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक काममा जान अौनबाहेक घरबाहिर निस्किन पाउनेछैनन्।

प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने पनि बताए। जर्मनीमा जस्तै यूकेमा पनि घरबाहिर दुई जनाभन्दा धेरैको जमघटलाई निषेधित गरिएको छ।जोन्सनले आफूले घोषणा गरेका जस्ता उपाय घोषणा गर्न कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए।

कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रिटेनमा गत २४ घण्टामा थप ५५ जनाको ज्यान गएको छ। त्यहाँ कुल ३३५ जनाले ज्यान गुमाएका छन्। यसाघि ब्रिटेनमा सरकारले भौतिक दूरी कायम गर्न मानिसहरूलाई गरेको आग्रहको पूर्ण पालना नभएकोमा मन्त्री तथा अधिकारीहरू चिन्तित थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *