काठमाडौँ
स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५३९ जनाको ज्यान गएको छ ।
यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्पेनमा सोमबार मात्रै ६ हजार ३ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ । विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट ३ लाख ७८ हजार ८ सय ४२ जना संक्रमित भएका छन् ।