पोखरा
विश्वव्यापी रुपमा संक्रमण फैलीरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जुम्ला घर भैइ पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्वासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखराका पास्टर केशव आचार्यलाई धर्मका नाममा अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. २९ पावरहाउसमा रहेको मण्डलीमा मानिसहरु जम्मा पारेर आचार्यले यो माहामारीलाई प्रभु यशुले सबैको अगाडि घुडा टेकाउनुहुन्छ, कोरोना भाइरस प्रभु यशुले ठिक पार्नुहुन्छ, प्रभुको विश्वास ग¥यो भने कोरोना मात्र नभैइ जस्तोसुकै महामारीले छुन सक्दैन जस्ता भ्रामक अफवाह फैलाइेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।