बेलायत
बेलायत मा कोरोना भाईरस निकै नै तिब्र रुपमा फैलिदै गयीइरहेकोछ र उक्त बढदो संक्रमण लाई ध्यानमा राखी सरकार द्वारा जन्ता हरुलाई सकभर घरमै बसन आबहान गरेकोछ तर जन्ता द्वारा सरकार ले बनाएका नियमहरुको पालन नगरेको भन्दै सरकार द्वारा कडा कदम चाल्दै अब उक्त अनुरोध नभई नियम र कानुन भएको जानकारी गराएकोछ। तसर्थ हिजो दिउसो देखी बेलायत प्रहरी द्वारा सडकमा पेट्रोल गरेको देखिन्थ्यो।
कोरोना भाईरस को बढदो संक्रमणलाई ध्यानमा राखी नया नियम हरुमा हस्पिटल का कर्मचारी र किवोर्कर हरुका अलावा सबैले घरमा बसनु पर्ने, बजारमा अत्तीआबस्यक सामान किन्न जान पाउने, दिनको एकचोटी मात्र एक्सरसाईज गर्न जान पाउने र बिरामी भई अस्पताल जाने पाउने बाहेक अरु कुनै अवस्थामा घर बाट बाहिर ननिस्किन पाउने नियम लागु गरेकोछ।
बेलायतमा भाईरसबाट संक्रमित हुनेको सन्ख्या ८०७७ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्यु हुनेको सन्ख्या ४२२ पुगेको छ। बिगत २४ घन्टामा मात्र ८७ जना को मृत्यु भएकोछ।