काठमाडौँ
चीनबाट फैलिएको कोरोना भाइरसको महामारीले विश्वकै शक्तिराष्ट्र अमेरिकालाई पनि प्रभावित पारेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा कारोना भाइरसको संक्रमणबाट २ सय २२ जनाको ज्यान गएको छ ।
यो सँगै अमेकिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ७५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ११ हजार ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो २४ घण्टामा फेला पर्ने विश्वकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यो सँगै अरिमेकामा कोरोना संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ । जसमध्ये एक हजार एक सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् भने ३ सय ७८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।