कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

समाचार
शेयर गर्नु होला

महोत्तरी

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आ उनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

अन्य छ जनाको खोजी भैरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो ।

यसैबीच बाहिरबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शय्या तयार भएको प्रजि खत्रीको भनाइ छ । जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भैरहेका छन् ।

यसाघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आअफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका ११ भारतीय सीमा नाका गत आ इतबार नै बन्द गरिएका छन् । त्यसै गरी बजार पनि बन्द गरिएका छन् । सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ ।

यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।रासस

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *