थप एकमा कोरोना संक्रमण पाइयो, संख्या तीन पुग्यो

समाचार
शेयर गर्नु होला

काठमाडौ

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राती प्राप्त कोरोनाको परीक्षण रिर्पाेटमा थप एक जनामा देखिएको राष्ट्रिय जनस्वास्थय, प्रयोगशालका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए ।

खाडी मुलुकबाट नेपाल आएका ३० वर्षीय युवमा देखिएको र उनको टेकु अस्पतालमा उपचार भै रहको छ । बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । या ेसँगै नेपालमा कोरोनाको संक्रमित हुनेको सख्या तीन पुगेको छ ।

यसअघि चीनबाट फर्केका युवा र केहीदिनाघि फ्रान्सबाट फर्किएको किशोरीमा संक्रमण देखिएको थियो । चीनवाट फर्किएका युवा उपचारपछि निको भएर घर फर्किएका छन् भने किशोरीको उपचार भैइरहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *