अत्यावश्यक औषधि आज आइपुग्ने

समाचार
शेयर गर्नु होला

काठमाडौँ

परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आ जनाएको छ । ती सामग्री शनिबार अैपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कलन भैरहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सकेसम्म मागिए जत्तिकै सामग्री जम्मा भएपछि नेपालतर्फ पठाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबाट हवाइजहाज पठाउने तयारी गरिएको बताउनुभयो ।

परराष्ट्र सचिव शङ्करदास बैरागीले सामग्री ल्याउने विषयमा कुरा भएको हो, छिट्टै आइपुग्छन् भन्नुभयो । मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइेको थियो ।

माग अनुसारका सामग्री अौनेमा सरकार विश्वस्त छ । पठाएको सूची अनुसारका सामग्री कहिले आइपुग्ने र वितरण गर्ने भन्ने पर्खाइमा स्वास्थ्य मन्त्रालय रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *