काठमाडौँ
सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्ाष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ। कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।
सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयानुसार नै अन्तर्ाष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।