कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट

समाचार
शेयर गर्नु होला

काठमान्डौ

सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बताउनुभयो ।

सो अनुसार फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्रहाकलाई महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजार चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने निर्णय समेत सरकारले गरेकाे छ ।

Live

Live

Posted by Gorkhapatra Online on Sunday, March 29, 2020


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *