जेनेभा
कोभिड–१९ नाम दीएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइेको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइेको छ ।
इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गैरहेको अवस्था देखिएको छ ।
मङ्गलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।