स्याङ्जा
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोसङ्क्रमणलाई ध्यान मा राखी नेपाल सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न सुझाब दिदै आएकोछ र सोही प्रकरणमा स्याङ्जा स्थित एउटा गाउनै क्वारेन्टाइनमा बसेको जान्कारि रहेकोछ ।
जानकारी अनुशार चैत्र ६ गते कार्कीडाडाँका दुई युवा बिदेश बाट फर्की आफ्ना गाउँ फर्किएका थिए। गाउँ फर्किए पछी दुबै युवाहरु सबै गाउले सगै पोखरामा छिमेकीको मलामीमा गएका थिए।
स्थानिय वडा सदस्य ले दिनु भएको जानकारी अनुशार दुबै युवा हरु लगभग सबै जसो गाउँका मानिषहरु सङ सम्पर्कमा अाईसकेका कारणले र महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको कुरा को जिकिर गरे। हाल स्वास्थ्यकर्मी, जनप्रतिनिधी, प्रहरीको निगरानीमा सम्पुर्णलाई क्वारेन्टाइना राखिएको जानकारी रहेकोछ।