काठमाडौं
कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उनि पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा बसेकी छिन ।
गायिका कपूर भर्ना गरिएको लखनऊस्थित पीजीआइ अस्पतालका निर्देशक आर के धिमानले स्वास्थ्यमा सुधार देखिएपनि अझै संक्रमण रहेको बताए । गम्भीर लक्षण नदेखिएको र उनको स्वास्थ्य निरन्तर सुधारोन्मुख रहेको निर्देशक धिमानले बताए ।
मार्च दोस्रो साता बेलायतको लण्डनबाट महाराष्ट्रको मुम्बैइ पुग्नुभएकि गायिका कपूर तेस्रो दिन उत्तरप्रदेशको लखनऊ पुगेर सामाजिक उत्सवमा सहभागी भएकी थीइन । गायिका कपूर लखनऊमा राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्ध्या, उनको छोरा र अन्य सांसदको सम्पर्कमा आ उँदा करिब ९६ जना महत्वपूर्ण व्यक्ति सेल्फ क्वारेन्टाइनमा बस्नुपर्यो ।