सुभास भट्ट, बेलायत
हाल बिश्वब्यापी रुपमा कोरोना भाईरस को संक्रमण तिब्र रुपमा फैलिदै गएको देखिन्छ। बिश्वका धनी, शक्तीशाली रास्ट्रहरुमा झन कोरोना भाईरस को प्रकोप अत्याधिक मात्रा मा रहेको पाइयेकोछ। येस्तै भाईरस को संक्रमण बाट ग्रस्त हुन पुगेको देश बेलायत रहेकोछ। हाल बेलायतमा लगभग ३०००० मानिषहरुमा कोरोना पोजिटिभ भएको पाईेकोछ र सोही बाट मृत्यु हुनेको सन्ख्या पनी निकै बढिरहेको अवस्थामा छ।
हाल अाएर बिरामीका साथै स्वास्थकर्मी हरु पनी कोरोनाको शिकार हुन पुगेको देखिएकोछ। बिडम्बना केछ भने फ्रन्टलाईन मा कार्यरत चिकित्सक र स्वास्थक्रमी हरु संक्रमित हुन सक्ने अत्याधिक सम्भावना रहेकोछ हुन्छ। यदी उचित सतर्कता अपनायीएन या चाहिने पि पि ई को प्रयोग नगरी बिरामी छेउमा जाने गर्नाले स्वास्थक्रमी हरुमा भाईरस संक्रमण हुने प्रबल सम्भाबना रहेको हुन्छ।
हाल युरोपका देशहरु र बेलायतमा स्वास्थक्रमी हरु अत्याधिक खतरामा रहेको पायीएकोछ। सयौ स्वास्थक्रमीहरु संक्रमित भएको कुरा हामी ले सुन्दै अाईरहेकाछौ। सोही सन्धर्भमा हाल सम्म बेलायत मा कोरोना भाईरस सङ फ्रन्टलाईन मा बिरामी को उपचार गर्दा गर्दै ४ जना डक्टर हरुले आफ्नो ज्यान गुमाईसकेकाछन। हिजो मात्र बेलायत मा एकजना ६८ बर्षिय टप र प्रखात डक्टर अल्फा साडु को कोनोना भाईरस संक्रमण बाट मृत्यु भएकोछ। वाहा ले स न १९७६ मा लन्डन स्थित युनीभर्सिटी कलेज बाट आफ्नो मेडिकल सिक्षा हाशिल गर्नु भएको थियो। डक्टर साडु ले बेलायत को स्वास्थ सन्स्था ण्ह्स् मा लगभग ४० बर्ष सेवा प्रदान गर्नु भएको थियो र साथै नाईजेरियाको मेडिकल क्षेत्रमा मा वाहा ले बिशेष योगदान पुर्याउदै अाउनु भएको थियो जस कारण ले वाहा लाई लिभिङ लेजेन्ड को उपाधी दियिएकोथियो।
परिवार ले सामाजिक सन्जाल को माध्यम बाट जानकारी गराए अनुशार बिगत २ साता देखी कोरोना भाईरस बाट संक्रमित भयी उपचार गराउने क्रममा मङलबार वाहा को मृत्यु भएको थियो।