कोरोनाभाइरसबाट ४७ हजारभन्दा बढीको मृत्यु,नौ लाख भन्दा बढी संक्रमित

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं 

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेमेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकानुसार संक्रमितको संख्या नाै लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अरिमेकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म अरिकामा ५ हजार १ सय २ जना मानिसको ज्यान गैसकेको छ । जसमध्ये हिजो मात्रै १ हजार ४९ जनाको ज्यान गएको हो । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार ४ सय ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।

दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने १३ हजार १५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो । तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार ३८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १०४९, इटली ७२७, स्पेन ९२३, जर्मनी १५६, फ्रान्स ५०९, यूके ५६३, बेल्जियम १२३ र नेदरल्याण्डमा १३४ जनाको ज्यान गएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *