लकडाउनको अबज्ञा गर्दै १८ हजारभन्दा बढी मानिस तथा १५ हजारभन्दा बढी सवारीसाधन प्रहरी कार्वाहीमा, यस्तो तरिकाले हामी नेपालीहरु कसरि बाचौला??

समाचार
शेयर गर्नु होला

काठमान्डौ

कोरोना भाईरस ले बिश्वब्यापी रुपमा हाहाकार मचाईरहेको अवस्था मा बिश्व स्वास्थ सङठन संगठन [WHO] ले दिएको सल्लाह अनुशार अहिले को समयमा भाईरस को सङ्क्रमण रोखने लकडाउननै सबै भन्दा उत्तम तरिका मानिएकोछ। धेरै जसो कोरोना प्रभाबित रास्ट्रहरुले आ-अाफ्ना रास्ट्रहरुमा लकडाउन गरीसकेका छन भने केही रास्ट्र हरु अझै उक्त सुझाब लाई अनुशरण गरीरहेका छैनन।

नेपाल को परिपेक्षमा हाल सम्म कोरोना भाईरस को प्रकोप त्यति धेरै नफैलिएको अवस्थामा केही साता अघी सरकार र स्वास्थ मन्त्रालय द्वारा लकडाउन सम्बन्धी गरिएको निर्णय निकै नै प्रशसनिय योग्य छ। युरोप का केही देशहरुले आफ्ना देशमा लकडाउन लगाउन ढिलाई गर्दा आज धेरै मानब क्षती को मुल्य चुकाउनु परेको हामी सबै ले देख्दै र सुन्दै अाएकाछौ।

हालै नेपाल सरकार ले कोरोभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ को पुर्ण पालन भने भएको देखिएन।

गृह मन्त्रालयका प्रवक्ता का अनुशार प्रहरी प्रशासनको एकल प्रयासले लकडाउन उल्लङ्घनको नियन्त्रण सम्भव नहुने भएकोले नागरिक समाज तथा जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताए।

वाहा ले भन्नु भयो, “लकडाउनको पूर्ण पालना गराई कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्नु हामी सबैको दायित्व हो।”

प्रहरी प्रधान कार्यालयका अनुसार बन्दाबन्दी सुरु भएपछि देशैभर गरेर हालसम्म झण्डै १८ हजारभन्दा बढी मानिस तथा १५ हजारभन्दा बढी सवारीसाधन प्रहरी कार्वाहीमा परेका छन्।

नेपाल प्रहरीका अनुशार अत्यावश्यक कारण भन्दापनि आत्मानुशासन नभएको वा हेलचक्र्याइँ गरेर बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या धेरै भएको बताए।

स्मरण रहोस हाल सम्म कोरोना भाईरसको कुनै अौषधी नबनीसकेको र उक्त भाईरस सङ लडन एेउटै उपाय भनेको भाईरस को चेन लाई तोडनु हो, साधाहरण भाषामा भन्दा भाईरस लाई सङ्क्रमण हुन नदिनु हो, जसका लागी हामी सबै ले गर्नु पर्ने एेउटा मात्र काम हो त्यो हो आफु र आफ्ना परिवारका सदस्य लाई बिना कुनै कारण या अत्तीआबश्यक कार्य बाहेक बाहिर नजान दिनुहो।

त्यसकारण अाउनुहोस हामी सबै मिली यस माहामारी को बेला आफ्नो कर्तब्य को पालना गरौ, आफु र आफ्ना लाई बचाउ जस्ले गर्दा सम्पुर्ण रास्ट्र बच्न सक्दछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *