ब्रेकिङ : सरकारद्वारा नेपालमा छैटौँ कोरोना भाइरस संक्रमितको पुष्टी

समाचार
शेयर गर्नु होला

काठमान्डौ

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ।बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए। उनले भने, “दोहाबाट काठमाण्डू आएको क्र् ६५२ उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।”यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड-१९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएको अधिकारीहरू बताउँछन्।

“कोभिड पोजिटिभ आएपछि गर्ने कार्यहरू चिकित्सकहरू र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ। यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।”हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गराएको अधिकारीहरूले जनाएका छन्।

त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार जारी राखिएको अधिकारीहरूको भनाइ छ।पहिलो सङक्रमण वुहानबाट फर्किएका नेपालीमा देखिएको थियो र उनी उपचारपछि निको भएर घर फर्किएको अधिकारीहरू बताउँछन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *